मकवानपुर क्षेत्र नम्बर- १ मा सत्तारुढ गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना जित नजिकै रहेकी छिन । डिनाले आफ्नो अग्रता कायम राखे संगै उनले २१ हजार ९१० मत प्राप्त गरेकी छन् भने राप्रपा नेपालका अध्यक्ष थापाले २० हजार ६४८ मत प्राप्त गरेका छन्। त्यस्तै राप्रपाका दीपकबहादुुर सिंहले १९ हजार ७५६ मत ल्याए । अब केही मत मात्रै गणना हुन बाँकी रहेको बुझिएको छ ।
यता मत परिणाम सार्वजानिक भईरहदा एमालेका उम्मेदवार कमल थापा सामाजिक सञ्जालमा हार स्वीकार समेत गरेका छन् । उनले ुपराजयलाई सहर्ष स्विकार गर्दै सम्पुर्ण मतदाताहरुलाई धन्यबाद समेत ब्यक्त गरेका छन । । चुनावमा रातदिन नभनी ईमान्दारपुर्वक खट्ने एमालेका सम्पूर्ण कमरेडहरु,राप्रपा नेपालका साथीहरु प्रति आभारी छु। देश र जनताको हितमा निरन्तर सक्रिय रहने छु ।ु भनेर आफनो सामाजिक सन्जालमा लेखेका छन । कमल थापाको यो पोस्टबाट आफुलाई अब गणना हुन बाकि रहेको ठाउमा मत कम खसेको हुन सक्ने सम्भाबना देखीएको छ । थापाको यो पोस्ट गर्दा महालक्ष्मी उपाध्याय डिनाको जित सुनिश्चत जस्तै देखिएको छ । मतगणना जारि नै रहेकाले एकिन गर्ने अबस्था नरहेको र निर्णयको लागि अझै केहि समय लाग्ने देखिन्छ ।


















