सुनको मूल्य बढ्यो

हेटौंडा टुडे
२०७९ मंसिर १८, आईतवार १२:०१ गते

हेटौंडा  |  आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार १ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आइतबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*