हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका मकवानपुर सभापति राजकुमार न्यौपानेलाई कारबाहीको माग गरिएको छ । पार्टीका समानुपातिक उम्मेदवार नुरमान प्रजालाई विभिन्न प्रलोभनमा पारेर फरक पार्टीको उम्मेदवारसँग भेट गराएर आफ्ना उम्मेदवारलाई क्षति पुर्याएको भन्दै न्यौपानेलाई कारवाहीको माग गरिएको हो । बागमती प्रदेश कोषाध्यक्ष तथा मकवानपुर क्षेत्र नंबर १ का उम्मेदवार टाकाराज थापा, क्षेत्र नम्बर २ का उम्मेदवार भरत पराजुली, जिल्ला उपसभापति निराजन बर्तौला, सचिव रामप्रसाद अर्याल, समानुपातिक उम्मेदवारहरु नुरमान प्रजा लगायत ४७ जनाले केन्द्रीय सभापतिलाई सम्बोधन गर्दै कारवाहीको माग गरेका छन् । न्यौपानेलाई कारवाही नभए सम्पूर्ण सदस्य पार्टीमा नरहने समेत जनाइएको छ ।



सेयर गर्नुहोस्






















