मोटरसाइकलको ठक्करबाट १ जानाको मृत्यु

हेटौंडा टुडे
२०७९ मंसिर २२, बिहीबार १४:५० गते

हेटौंडा | मोरङको सुन्दरहरैचा नगरपालिका-७ गोठगाँउमा आज मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

स्थानीय ६५ वर्षीय बलबहादुर कार्कीको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो।

को ३७ प ३२ ०९ नम्बरको मोटरसाइकलले आज बिहान साढे ६ बजे बाटो क्रस गर्दै गरेका कार्कीलाई ठक्कर दिएको हो।

घाइते भएका मोटरसाइकल चालक बेलबारी नगरपालिका-११ का २१ वर्षीय सुमन तामाङको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी गछियाले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*