सवारी दुर्घटनामा हुँदा एकजनाको मृत्यु ११ जना घाइते

हेटौंडा टुडे
२०७९ मंसिर २२, बिहीबार १६:४१ गते

हेटौंडा | तनहुँमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

आँबुखैरनी गाउँपालिका-२ मार्की चोकमा बिहीबार भएको सवारी दुर्घटनामा स्याङ्जाको हरिनास गाउँपालिका-२ की ५५ वर्षीया लालुमाया थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको जिल्ला अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो ।

आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको बा ३ ख २७ १६ नम्बरको माइक्रो बस सोही दिशातर्फ जाँदै गरेको ना ७ ख २४७८ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो । घाइतेमध्ये एकजनाको चितवन कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ । अरुको तनहुँको आँबुखैरेनीस्थित हाडजोर्नी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*