हेटौंडा | नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीका अध्यक्षसँग भेटवार्ता गरेका छन् । शुक्रबार पौडेलले माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेसपाका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्रराय यादवसँग भेटवार्ता गरेका हुन् ।
उनीहरूसँग गठबन्धनको निरन्तरताका विषयमा कुराकानी भएको पौडेलले रातोपाटीलाई बताए । उनले भने, ‘गठबन्धनलाई सुदृढ बनाएर लाने र गठबन्धनमा सहमति जुटाउने विषयमा छलफल भएको छ ।’ प्रधानमन्त्रीका आकांक्षी पौडेलले प्रचण्ड, बाबुराम र महिन्द्रराय यादवसँग आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । आफूप्रति उनीहरूको सदभाव रहेको पौडेलको भनाइ छ ।
सेयर गर्नुहोस्






















