हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर १० बसपार्कमा बेहोस अवस्थामा भेटिएकी महिलाको मृत्यु भएको छ ।
बसपार्कको फुलबारी गेस्ट हाउस अघिको सडक पेटिमा अन्दाजी ४० वर्षीय महिला लडेर बोहोस भएको भन्ने खबर आएपछि प्रहरीले महिलालाई हेटौँडा अस्पताल लगेको थियो ।
उपचारको लागि अस्पताल पुराईएकी महिलालाई अस्पतालले मृत घोषणा गरेका छ ।
आफुलाई सरस्वति परियार नाम बताउने उनि बसपार्क क्षेत्रमा मागेर गुजरा चलाउँदै आएकी थिईन् ।
सेयर गर्नुहोस्




















