विश्वकप उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्ने

हेटौंडा टुडे
२०७९ पुष ३, आईतवार १५:४१ गते

 हेटौडा । कतारमा जारी फिफा विश्वकप फुटबलको उपाधीका लागि आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फाइनल खेल कतारको लुसिल स्टेडियममा बेलुकी ८:४५ बजे शुरू हुनेछ । साविक विजेता फ्रान्सले सेमिफाइनलमा मोरक्कोलाई २-० गोलले पराजित गर्दै उपाधी भिडन्तमा स्थान बनाएको हो भने अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३-० गोलले पराजित गरेको थियो । फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*