हेटौंडा। हेटौंडा उपमहानगरपिलाकाकी मेयर मिना कुमारी लामा नेपाल नगरपालिका संघको केन्द्रीय सहकोषाध्यक्ष चयन भएकी छन् । बुधबार काठमाडौं सम्पन्न भएको संघको ८ औं राष्ट्रिय अधिवेशनले लामालाई सर्वसम्मतरुपमा सह(कोषाध्यक्ष चयन गरेको हो। वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा हेटौंडाको मेयरमा निर्वाचित भएकी लामाले सह कोषाध्यक्ष बनेसँग संघ र स्थानीय सरकारवीचमा रहेको समन्वयको अभाव हटाउन आफूले काम गर्ने प्रष्ट खबरलाई बताइन् ।
सेयर गर्नुहोस्




















