नेपाल प्रेस काउन्सिलका संस्थापक अध्यक्ष बस्नेतको निधन

हेटौंडा टुडे
२०७९ पुष ११, सोमबार ११:०९ गते

हेटौडा । बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको ९३ वर्षको उमेरमा आज निधन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बस्नेतको आज बिहान निधन भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए।

भोजपुरको दिङ्गलास्थित साल्मामा जन्मेका बस्नेतले भारतको बनारसबाट एलएलबीसम्मको अध्ययन पूरा गरे। सरकारको विभिन्न उच्च ओहोदामा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका स्व बस्नेत सर्वोच्च अदालतको न्यायाधीश, नेपाल निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, कानुन, न्याय तथा शिक्षामन्त्री ९२०२४०, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री २०२५ नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्षसमेत भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*