हेटौंडा । बढ्दो ब्याजदर र नेपाल राष्ट्र बैंकद्वारा जारी चालु पुँजी कर्जा निर्देशिका(२०७९ को विरोधमा हेटौंडाका व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।मकवानपुर फर्निचर तथा फर्निसिङ व्यवसायी संघले बिहीबार बिहान चर्को व्याजदर र कर्जा निर्देशिकाको विरोधमा हेटौंडामा प्रदर्शन गरेको हो ।
बैंकहरुले आफूखुशीरुपमा व्याजदर बढाइरहेको भन्दै उनीहरुले प्लेकार्डसहित नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए ।कोभिड(१९ ले धरासायी भएको अर्थतन्त्र उकास्न नपाउँदै बैंकको चर्को ब्याजदर व्यवसाय सञ्चालनमै समस्या भइरहेको भन्दै उनीहरुले तत्काल समस्या समाधानका लागि माग समेत गरेका छन् ।विरोध प्रदर्शन कार्यक्रममा व्यवसायीहरुसँगै मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष राजु अधिकारी लगायतको सहभागिता रहेको थियो ।
सेयर गर्नुहोस्






















