चिसोका कारण एक जनाको मृत्यू

हेटौंडा टुडे
२०७९ पुष २२, शुक्रबार १२:१८ गते

हेटौडा । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ का अन्दाजी ५० वर्षीय राजकुमार सदाको चिसोका कारण ज्यान गएको वडा अध्यक्ष मुनिलाल मुखियाले जानकारी दिनुभयो । ज्यान गुमाएका सदाको परिवारलाई खान लगाउन समेत समस्या छ । केही दिनयता सप्तरीसहित तराईका जिल्लामा शीतलहर चलेको छ ।

चिसो बढेपछि केही पालिकाहरुले चोक तथा सार्वजनिक ठाउँमा दाउराको व्यवस्था गरी आगो बाल्ने व्यवस्था मिलाएका छन् । चिसोका कारण हिजो धनुषामा एक जनाको ज्यान गएको थियो । तराईका जिल्लामा शीतलहर अझै एकरदुई दिन लम्बिने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् शान्ति कँडेलका अनुसार नेपालगञ्ज, भैरहवा, सिमरामा अधिकतम तापक्रम औसत अधिकतम तापक्रमभन्दा ५ डिग्री सेल्सियसभन्दा धेरैले घटेको छ । शीतलहर चलेका बेला बिहान, दिउँसो र रातिको तापक्रम उस्तैउस्तै हुने भएकाले कठ्याङ्ग्रिँदो चिसो हुन्छ । यस्तो बेला तातो न्यानो खानेकुरा खाने, न्यानो र बाक्ला कपडा लगाउने, आगो तथा हिटर ताप्ने गरे शरीरलाई न्यानो राख्न सकिन्छ । सावधानी नअपनाए मानवीय क्षति हुने जोखिम धेरै हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*