माछा मार्दा कर्रा खोलामा करेन्ट लगाएर एकको मृत्यु

हेटौंडा टुडे
२०७९ पुष २५, सोमबार ११:४८ गते

हेटौंडा। हेटौंडा(१७ मा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको ज्यान गएको छ।

आइतबार राति हेटौडा( १७ स्थित कर्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा स्थानीय १८ बर्षीय अमृत तामाङको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताएका छन्। तामाङले माछा मार्नको लागि करेन्ट मिलाउँदै गर्दा अचानक करेन्ट लागेको र घाईते भएकोले उनको उपचारको लागि हेटौडा अस्पताल लगिएकोमा उपचारको क्रममा अस्पतालमै ज्यान गएको जनाइएको छ । शव पोस्टमार्टमका लागि हेटौडा अस्पतालमा नै राखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*