भारतका पूर्व मन्त्री यादवको निधन

हेटौंडा टुडे
२०७९ पुष २९, शुक्रबार १०:१६ गते

हेटौडा । भारतको जनता दल युनाइटेडका पूर्व अध्यक्ष शरद यादवको निधन भएको छ। बिहीवार ७५ वर्षको उमेरमा उनको निधन भएको हो।

भारतको केन्द्रीय सरकारमा पटकपटक मन्त्रीसमेत बनेका यादवको नेपाली नेताहरुसँग पनि राम्रो सम्बन्ध थियो। उनको निधनमा नेताहरुले श्रद्धाञ्जाली अर्पण गरिरहेका छन्। सन् १९९९ देखि २००४ सम्म अटल बिहारी बाजपाये सरकारमा उनले विभिन्न मन्त्रालयको नेतृत्व गरेका थिए।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनमा शोक व्यक्त गरेका छन्। यादवले पुराएको योगदानलाई देशले सम्झने उनले बताएका छन्।स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*