हेटौंडा । मकवानपुरगाढी गाउँपालिका वडा नम्बर ४ मा अबस्थित रहेको कालिदेबी दुग्ध उत्पादक सहकारी सस्था लिमिटेडको शुक्रबार २७ औ बार्षिक साधारण सभा सम्म्पन भएको छ । बागमती प्रदेश साम्सद माननीय प्रेम बहादुर पुलामी छिन्तुको प्रमुख आथित्यता एवम सहकारीको अध्यक्ष बिक्रम योन्जनको सभाअध्यक्षतामा साधारण सभा सम्पन्न भएको थियो । साधारणसभामा संस्थाका अध्यक्ष योन्जनले संस्थागत प्रतिवेदन र लेखा संयोजक देबनारायण लामीछानेले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
भेलामा स्थानीय पत्रकार मनोज देबकोटालाई सम्मान गरिएको थियो । तेस्तै विभिन्न बिधामा किसानहरुलाई पनि पुरस्कार र सम्मान गरिएको थियो । कार्यक्रममा गुणस्तर दूध बिक्री गर्ने रेनुका दहाल, झिल्ली प्रसाद दुलाल गौरी चौलागाईं सत्रुधन दुलाल र बाबुराम सापकोटा क्यान सरसफाई ज्ञान बहादुर गोले , हरिशरण दहाल, कल्पना चौलागाईं ,राम बहादुर तामङ र चन्द्र सापकोटा टाढाबाट दूध बिक्री गर्ने हरि श्रेष्ठ लक्ष्यण भट्टराई , मिना चौलागाईं ,अम्बर बहादुर रुम्बा र जुलाब योन्जन धेरै दुग्ध बिक्री गर्न अर्जुन प्रसाद सापकोटा सुर्य बहादुर पाखृन , शेर बहादुर रुम्बा , मान सरोबर चौलागाईं र प्रल्हाद चौलागाईं र सस्थाको समयमा नियमित दुघ बिक्री गर्ने हेम बहादुर योन्जन, खिल प्रसाद चौलागाईं पदम बहादुर रुम्बा भरत प्रसाद बजगाई र लक्ष्मण दुलाललाई पुरस्कृत गरिएको थियो ।
साधारणसभामा बिशेष अतिथी मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष मानकुमारि पाखृन र मकवानपुरगढी वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन प्रसाद तिमल्सिना आतिथ्यता रहेको थियो । तेस्तै मकवानपुरगढी ३ का वडा अध्यक्ष भागबत घिमिरे, रानी सामुदायिक बनका अध्यक्ष बिस्णु न्यौपाने, मनकामना दुध उत्पादक सहकारी सस्थाका अध्यक्ष अर्जुन प्रसाद दहाल, श्रीजनसिल समाज बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष कृष्ण बिडारी , धर्मचुली टोल बिकास सस्थाका अध्यक्ष भिम पाखृन, सस्था निवर्तमान अध्यक्ष अर्जुन प्रसाद सापकोटा , पुर्ब अध्यक्ष कृष्ण खतिवडा , टावरडाडा खानेपानी सस्थाका अध्यक्ष सत्रुधन दुलाल , हिमाल महिला बहुउद्देश्यीय सहकारी सस्थाको अध्यक्ष जानुका दाहाल , जिल्ला प्रतिनिधि खिल प्रसाद चौलागाईं , ईलाक प्रहरी कार्यालय मकवानपुरगढी प्रमुख , सञ्चारकर्मी देबकोटा कान्छो मनोज लगायतको उपस्थिति रहेको थियो । संस्थामा १ सय २८ जना शेयर सदस्यहरु आवद्ध रहेका छन ।






















