सभामुख चयनका लागि प्रतिनिधि सभाको  बैठक सुरु

हेटौंडा टुडे
२०७९ माघ ५, बिहीबार १२:०५ गते

हेटौंडा| सभामुख चयनका लागि प्रतिनिधि सभाको  बैठक सुरु भएको छ ।संघीय संसद् भवन नयाँ बानेश्वरमा ११ बजेदेखि बसेको बैठकले नयाँ सभामुखको निर्वाचन गर्दैछ ।

सभामुख चयनका लागि बुधबार मनोनयन दर्ता भएको छ । सभामुखमा सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे र नेपाली कांग्रेसबाट ईश्वरी न्यौपाने उम्मेद्वार रहेका छन् ।

बैठकको सुरुआतमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।त्यसपछि सभामुख पदको निर्वाचन प्रक्रिया थालिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*