हेटौडा । इलामको माई नगरपालिकास्थित मैनाचुली सामुदायिक वनको जंगलमा बेवारिसे शव फेला परेको छ। बिहीबार दिउँसो दाउरा लिन गएका स्थानीयले झरना खोलामा शव देखेपछि झापा प्रहरीलाई खबर गरेका थिए। शवको पहिचान भने भइनसकेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक महेन्द्र खड्का नेतृत्वको प्रहरी टोली घटनास्थल पुगिसकेको छ। तर, घटनास्थल इलाम जिल्ला परेकाले अनुसन्धान सहितको प्रहरी नायब उपरीक्षकको टोली घटनास्थल आइपुगेपछि मात्रै अनुसन्धानको प्रक्रिया सुरू हुने खड्काले बताए। झापाको दुधेदेखि झण्डै तीन किलोमिटर उत्तरको जंगलमा शव फेला परेको हो।
सेयर गर्नुहोस्






















