हेटौंडा| प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री दाहाललाई भेट्न सभामुख घिमिरे सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । भेटमा संसदलाई कसरी नियमित बिजनेस दिने, प्रभावकारी संसद संचालन लगायतका विषयमा छलफल भएको जनाइएको छ ।
सेयर गर्नुहोस्






















