हेटौंडा| नेकपा माओवादी केन्द्रको स्थायी र केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । माघ ११ गते स्थायी र १५ गते केन्द्री कमिटी बैठक बस्न लागेको हो ।
पछिल्लो राजनीतिक परिस्थिति र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँगको एकीकरणका बारेमा छलफल गर्नका लागि बैठक बोलाइएको छ ।
दुवै पार्टीका कार्यदलले तयार पारेका प्रतिवेदनबारे प्रारम्भिक छलफल गरी केन्द्रीय समितिबाट अनुमोदन गरिनेछ । यसअघि शनिबार दुबै पार्टीको कार्यदलको बैठक भएको थियो । कार्यदलमा तीन बिषयमा सहमति भएको थियो ।
सेयर गर्नुहोस्






















