हेटौंडा| प्रतिनिधिसभाका सांसद विराजभक्त श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपनेताको जिम्मेवारी पाएका छन् ।
बसुन्धारास्थित पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपनेताको जिम्मेवारी दिएको हो । उनी काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । यसअघि उनी बागमती प्रदेशसभाका सांसद थिए ।
त्यस्तै सांसद सन्तोष परियारलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको छ । उनी समानुपातिक सांसद हुन् ।
सेयर गर्नुहोस्






















