प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता

हेटौंडा टुडे
२०७९ माघ १२, बिहीबार १३:४३ गते

हेटौंडा|बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

बिहीबार उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति निर्वाचनलगायत विषयमा कुराकानी भएको बताइएको छ।

राष्ट्रपति निर्वाचन मिति निर्वाचन आयोगले तोकिसकेको छैन। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले फागुन २९ भित्रै राष्ट्रपति निर्वाचन गर्नुपर्ने बताइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*