हेटौंडा| नेकपा एकीकृत समाजवादी पार्टीले घनश्याम भुसाललाई महासचिव बनाउने भएको छ । त्यसका लागि पार्टीले तयारी थालेको हो ।
सचिवालय सदस्यको जिम्मेवारीसहित गत पुस २९ गते एकीकृत समाजवादीमा प्रवेश गरेका भुसाललाई पार्टीले महासचिवको जिम्मेवारी दिन लागिएको हो ।
एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार हालका महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाएर भूसाललाई महासचिव बनाउने तयारी भएको एक नेताले बताए ।
यही माघ २१ र २२ गते एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दैछ । सोही बैठकबाट भुसाललाई महासचिव चयनको निर्णय गर्ने तयारी भइरहेको बताइएको छ ।
गत २३ असोजमा एमाले परित्याग गरेका भुसालले रुपन्देही-१ बाट स्वतन्त्र उम्मेदवारी दिएपनि चुनाव जित्न भने सकेनन् ।
सेयर गर्नुहोस्






















