प्रदेश १ संसदको अर्को बैठक माघ २३ मा बस्ने

हेटौंडा टुडे
२०७९ माघ १२, बिहीबार १७:२० गते

हेटौंडा| बिजनेस अभावमा अनिश्चितकालीन स्थगनमा रहेको प्रदेश १ संसदको अर्को बैठक माघ २३ मा बस्ने भएको छ।

सभामुख बाबुराम गौतमले प्रदेशसभाको पहिलो अधिवेशनको छैटौं बैठक माघ २३ गतेको लागि बोलाएका छन्।

पुस ३० गते उपसभामुखको निर्वाचन सम्पन्न भएपछि स्थगित भएको बैठक माघ २३ गते बस्ने तय भएको प्रदेशसभाका सचिव गोपाल पराजुलीले जानकारी दिए।

प्रदेश सभाका लागि बिजनेस अभाव भएको कारण बैठक बस्न नसकेको हो।

प्रदेशको नामकरणसहित महत्वपूर्ण कानूनहरू निर्माण गर्नुपर्ने भए पनि सरकारले त्यसको प्रक्रिया अगाडि नबढाउँदा संसद कामविहीन भएको हो। प्रदेश सभाका विषयगत समितिको पनि टुंगो लगाउन बाँकी छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*