चौकीटोलको सब्जीमण्डीबाट लागु औषध सहित दुई युवक पक्राउ

हेटौंडा टुडे
२०७९ माघ १२, बिहीबार १७:५५ गते

हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नंबर १ चौकिटोलको राप्ति तटमा रहेको सब्जीमण्डी परिषरबाट दुईजना युवकलाई पक्राउ गरेको छ । प्रहरीले उनिहरुलाई लागु औषध सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतका ग्राम मझरिया आदापुर पुर्ब चम्पारण बिहार बस्ने बर्ष २१ को समिमुल्लाह अंन्सारी र हेटौँडा १ का राजु शर्मा रहेका छन् । पक्राउ परेका अन्सारीको साथबाट लागु औषध नाईट्राभेट २७२ ट्याबलेट फेला परेको प्रहरीको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*