घरभित्रै महिला मृत फेला

हेटौंडा टुडे
२०७९ माघ १५, आईतवार १६:५० गते

हेटौडा ।  गुल्मीमा एक महिलाको घरभित्रै शव फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका(७ निवासी गंगादेवी शेरचनको आइतबार बिहान घरभित्रै मृत अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

विगत ४० वर्षदेखि गंगा होटल संचालन गर्दै आइरहेकी ५७ वर्षीया शेरचन बिहान बाहिर ननिस्किएपछि छिमेकीले गएर हेर्दा शव भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधव खरेलले जानकारी दिए । प्रहरीले शव र मृतक शेरचनको घर शिलबन्दी गरेको भन्दै तालिम प्राप्त कुकुर ल्याएर घटना अनुसन्धान गरिने बताएको छ ।शवको प्रकृति हेर्दा हातखुट्टा टेपले बाँधिएको अवस्थामा देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । घरको मूल चेनगेट बन्द अवस्थामा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*