हेटौंडा| परराष्ट्रमन्त्री विमला राई पौडेल श्रीलंका भ्रमणमा लागि प्रस्थान गर्दैछिन् ।
समकक्षी एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा श्रीलंकाको ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन पौडेल कोलोम्बो प्रस्थान गर्न लागेकी हुन् ।
शुक्रबार र शनिबार आयोजना हुने दिवसका कार्यक्रममा सहभागी हुनुका साथै उनले श्रीलंकाका राष्ट्रपति रनिल बिक्रमासिंघे, प्रधानमन्त्री दिनेश गुनवर्द्धन लगायतसँग शिष्टाचार भेट गर्ने छिन् ।
सेयर गर्नुहोस्






















