हावाहुरीले गोठ भत्किँदा दुई वटा भैँसीको ज्यान गयो

हेटौंडा टुडे
२०८२ असार ४, बुधबार ११:३५ गते

हावाहुरीले गोठ भत्किँदा सर्लाहीका एक किसानले पालेको दुई वटा भैँसीको  ज्यान गएको छ । गोठमा १३ वटा भैसी रहेकोमा दुई मरेको, दुई घाइते र नौ वटा भैँसी भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ । बागमती नगरपालिका–३, जिरायतमा व्यावसायिक रुपमा भैँसी पालन गर्दै आएका  रामप्रताप रायको खपडाले छाएको गोठ बुधबार बिहानीपखको हावाहुरीले भत्किँदा त्यसभित्र च्यापिएर दुई वटा भैँसी मरेका हुन् ।  इलाका प्रहरी का अनुसार दुईवटा भैँसी मर्दा तीन लाख ५० हजार रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।  गाउँले मिलेर भत्किएको गोठका काठ दाउरा हटाएर भित्र सकुशल रहेका भैँसी बाहिर निकालिदिएको हो । बागमती क्षेत्रमा हावाहुरीसहित राति पानी र ठूलो हावाहुरी चले पनि  यो घटनाबाहेक अन्य क्षतिको बारे जानकारी नआएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*