जनकपुर/नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधामको विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।
जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत उनको गएराति मृत्यु भएको हो । उनको शव व्यवस्थापनको तयारी भइरहेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ ।
सेयर गर्नुहोस्






















