नेपालमा थप ६४१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६,६६० पुग्यो

टुडे संवादाता
२०७७ श्रावण ३२, आईतवार १६:३७ गते

काठमाडौं/पछिल्लो २४ घन्टामा नेपालमा थप ६४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार ६६० जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १७ हजार ३३५ उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म १०४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो भिडियो हेर्नुहोस,

https://www.facebook.com/104296287587972/videos/305046124259714

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*