हेटौंडा/हेटौंडा लेडिज जेसिजले वृद्धाश्रमलाई दिवा खाजा र खाना सहयोग गरेकोे छ ।
जेसिजले सोमबार हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेमा रहेको दिव्य सेवा निकेतनलाई एक दिनको दिवा खाजा र खाना सहयोग गरेको हो ।
मकवानपुरमा विभिन्न सामाजिक कार्य गर्दै आएको जेसीजले एक कार्यक्रमको आयोजना गर्दै आश्रममा खाना तथा खाजा सहयोग गरेको कार्यक्रमकी संयोजक सहनशिला ढकालले
जानकारी दिईन् ।
लेडिज जेसीज हेटौंडा शाखाकी अध्यक्ष शुशिला पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा दिव्य सेवा निकेतनका केन्द्रिय अध्यक्ष टेकराज निरौलाको प्रमुख आतिथ्यता रहेको थियो भने हेटौंडा जेसीजका उपाध्यक्ष विकेशलाल श्रेष्ठ, लेडिज जेसीजकी कानुनी सल्लाहकार रश्मि बस्नेत लगायतको सहभागिता थियो ।
सो वृद्धाश्रममा हाल २५ जना वृद्धवृद्धाहरु रहेका छ्न् ।
सेयर गर्नुहोस्






















