तु खबर डटकमका सम्पादक गिरिजा अधिकारी प्रेस काउन्सिल नेपालको युवा पत्रकारिता पुरस्कारबाट सम्मानित

हेटौडा टुडे
६ आश्विन २०७७, मंगलवार १८:३९

हेटौंडा ।  तु खबर डटकमका सम्पादक गिरिजा अधिकारी प्रेस काउन्सिल नेपालको युवा पत्रकारिता पुरस्कार–२०७७ बाट सम्मानित भएका छन् ।
काउन्सिलले मंगलबार सम्पादक अधिकारीलाई नगद रु. १५ हजार राशीसहित सम्मानित गरेको हो । दुई दसकदेखि पत्रकारिता गर्दै आएका पत्रकार अधिकारी नेपाल पत्रकार महासंघ बागमती प्रदेशका सल्लाहकार हुन् ।
काउन्सिलको ५१ औं वार्षिकउत्सबको अवसरमा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले उनलाई पुरस्कार हस्तान्तरण गरेका हुन् ।
त्यसैगरी प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार–२०७७ बाट अग्रज पत्रकार शम्भु श्रेष्ठ (पाल्पा, हाल काठमाडौं), प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट अर्जुन बोहरा (हुम्ला), प्रेस काउन्सिल आचारसंहिता पुरस्कारबाट सेतोपाटी डटकम (काठमाडौं), प्रेस काउन्सिल पत्रकारिता पुरस्कारबाट गोविन्द क्षेत्री (झापा), राजेन्द्र कार्की (काठमाडौं), धमेन्द्र कर्ण (धनुषा), ऋषि धमला (धादिङ) र उमेश श्रेष्ठ (काठमाडौं) सम्मानित भएका छन् ।
त्यस्तै, प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट सटेन्द्र जबेगु (इलाम), सुरेशचन्द्र अधिकारी (चितवन), माधव पौडेल (काठमाडौं), गणेश चौधरी (कैलाली), राजु विक (सिरहा), कमल श्रेष्ठ (काठमाडौं), राजन सिंह (धनुषा), देवकुमारी गुरुङ (रोल्पा), रेणु पराजुली (उदयपुर), दीपेन्द्र वली (सुर्खेत), शेरबहादुर थापा (सुर्खेत), राधिका कँडेल (फोटो पत्रकार कास्की) र शान्ता कमली (लमजुङ) सम्मानित भएका छन् ।
यसैगरी, प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कारबाट वन प्रज्ञापन साहित्यिक त्रैमासिक पत्रिकाका (सम्पादक र प्रकाशक नवराज रिजाल) र प्रेस काउन्सिल भाषागत पत्रकारिताबाट वाम्बुले राई भाषाका गणेश राई सम्मानित भएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*