सामुदायिक विकास केन्द्र नेपाल सि. सि. डि. एन को थाहा नगरपालिकामा कार्यक्रम सम्पन्न ।

हेटौंडा टुडे
३० भाद्र २०७६, सोमबार २२:४४

सामुदायिक विकास केन्द्र नेपाल सि. सि. डि. एन को आयोजनामा थाहा नगरपालिका कार्यालय पालुङ मा सबल कार्यक्रम को समिक्षा, समापन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

थाहा नगरपालिका का प्रमुख लवशेर विष्ट को सभापतित्व मा भएको सो कार्यक्रममा थाहा नगरका उप प्रमुख खड्क ब. गोपाली, वडा अध्यक्ष हरु राजेश के . सी किरण मान बल, मानबहादुर स्याङ्तान सबल का अर्विन्द्र कु यादव थाहा न. पा. का. विषयगत शाखा का प्रमुखहरू को उपस्थिती थियो भने सि. सि. डि. एन सबल ले तयार गरेको प्रस्तुतिकरण सि. सि. डि .एन. सबल का कार्यक्रम संयोजक नवराज थापाले प्रस्तुत गर्नुभएको थियो ।

उक्त कार्यक्रममा सि सि डि एन का उपाध्यक्ष वृष बहादुर खड्का ले नगर प्रमुख विष्ट लाई सि. सि. डि. एन. सबल ले तयार पारेको दस्तावेज र संग्था को तर्फ बाट सम्मान पत्र हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख विष्टले सि. सि .डि. एन ले हस्तानतरण गरेको दस्तावेजको संरक्षण गर्दै  कार्यक्रमहरू का उपलब्धि हरुलाई अगाडि बढाउने जिम्वेवारी नगरपालिकाको काधमा आएको बताउनु भयो यहि क्रममा सि सि डि एन सँग सहकार्य गर्दै जनेपनी बताउनुभयो ।

कार्यक्रममा नगरका उपप्रमुख, वडा अध्यक्ष, कृषि शाखा प्रमुख, सि. सि. डि .एन. का उपाध्यक्ष सवालका अरविन्द यादब ले मन्त्तव राख्नु भएको थियो।

सि सि डि एन सबल अन्तर्गत थाहा का ७, ८, ११ र १२ मा कार्यक्रम सञ्चालन गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*