असोज ३० , हेटौडा
नेपाल टेलिकमले आफ्ना ग्राहकहरूको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक अफर असोज ३० गते देखि ९० दिन सम्म लिन सकिने व्यवस्था गरिएको जनाएको छ ।
यसअघि उपलब्ध प्याकलाई परिमार्जन गरी अझै आफ्ना ग्राहकमैत्री बनाइएको र डे डाटा प्याकअन्तर्गत अब १० रुपैयाँमा बिहान ६ देखि बेलुकी ६ बजेसम्म एक दिनका लागि ८० एमबी डाटा चलाउन सकिने छ त्यस्तै डे भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म गरी १०० मिनेट कम्पनीकै नेटवर्कमा भ्वाइस कल गर्न सकिने ब्यबस्था छ ।
पहिले उपलब्ध भएका डे डाटा प्याक, डे भ्वाइस प्याक र एफटीटीएच कम्बो प्याकअन्तर्गत अन्य कम्बो प्याकको मूल्य उही भएपनि १५ एमबीपीएसको कम्बो प्याकको मूल्य भने घटाइएको छ । पहिलेदेखि नै दिईदै आएको अरु बिभिन्न प्याकहरु भने पहिलेझै निरन्तरर्ता दिइएको छ । विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्नेछ र कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यससम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ ।