
हेटौँडा ,मंसिर७
बारामा विहिबार भएको सवारी दुर्घटनामा घाइते भएका राकेश चौधरीलाई थप उपचारका लागि मेडिसिटि हस्पिटल लगिएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका २२ स्थित ४ नम्बर पुल नजिक पथलैयातर्फ जाँदै गरेको ना ४६ प २५०४ नम्बरको मोटरसाइकललाई सोहि दिशातर्फ जाँदै गरेको ना ५ ख ९०५५ नम्बरको ट्रकले ठक्कर दिंदा मोटरसाइकल चालक रौतहट चंद्रपुर ८ सन्तपुरका २८ बर्षीय चौधरी गम्भिर घाइते भएका थिए ।
उनको विहिबारदेखि हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भईरहेकोमा थप उपचारका लागि हेलिकप्टरमार्फत ललितपुर भैसेपाटीस्थित मेडिसिटि हस्पिटल पठाईएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।
दुर्घटनामा मोटरसाइकलमा सवार राकेशकी श्रीमति २६ बर्षीया तिर्थ कुमारी राई र छोरा एक बर्षीय आहान चौधरीको मृत्यु भएको थियो ।


सेयर गर्नुहोस्