आशिष सिजापतिको टोलीले काठमाडौंमा तीन बच्चा अपहरण

हेटौडा टुडे
५ पुष २०७६, शनिबार ११:५६

५ पुस, काठमाडौँ

 हेटौंडामा अपहरणको घटनामा संलग्न आशिष सिजापतिको टोलीले काठमाडौंको सामाखुसीबाट पनि तीनजना बच्चा अपहरण गरेको खुलेको छ । मंसिर ३० गते सामाखुसीबाट एक महिलाका तीन बच्चाको सिजापतीले अपहरण गरेका हुन् ।
आमा पोखरा गएको अवस्था पारी ‘तिम्रो ममीले होटलमा लगी राख्नु भन्नु भएको छ भन्दै’ बानेश्वरका आशिषले बिहान स्कुल जान लागेका बच्चाको अपहरण गरेका थिए । बच्चाहरुका मामा पर्ने कैलाली धनगढी घर भई काठमाण्डौ पुरानो बानेश्वर बस्ने २४ बर्षीय सिजापतीले टोखाको ब्लुस्टार होटलमा उनीहरुलाई लगी आमासंग फोनमार्फत फिरौति मागेका थिए । बुधबार पोखराबाट फर्किएर उनले घटनाबारे प्रहरीमा खबर गरेपनि प्रहरीले बालबालिकालाई उद्धार गरेको थियो ।
बालबालिकासंगै रहेकागोरखाका विनोद थापालाई पक्राउ गरेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले बताए । यता मूख्य योजनाकार सिजापति भने अर्को अपहरणको घटनामा हेटौँडामा पत्रकार परेका छन् । उनीहरुमाथि अनुसन्धानका लागि म्याद थप गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*