निर्मला पन्तको हत्याकाण्डमा बनेको ‘कोपिला’ ट्रेलर रिलिज (भिडियो सहित)

हेटौंडा टुडे
५ पुष २०७६, शनिबार १२:०६

५ पुस
बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीय निर्मला पन्तको वास्तविक कथामा आधारित भएर निर्माण भएको फिल्म ‘कोपिला’ को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट ४९ सेकेण्ड लामो ट्रेलर इमोसनल छ । फिल्ममार्फत् निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा देखिएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक स्थितिलाई देखाउन खोजिएको छ ।
ट्रेलरमा निर्मलकी आमा दुर्गादेवी पन्तको भनाई पनि समेटिएको छ । उनले छोरीको हत्या गर्ने दोषी प्रहरीले पक्राउ गर्न नसकेकोमा दुःख व्यक्त गर्दै आफ्नो छोरीमाथि भएको घृणित कार्य अरुमाथि हुनबाट रोक्न यो फिल्मले ठूलो भूमिका खेल्ने आश व्यक्त गरेकी छन् । ‘कोपिला’ मा निर्मलको भूमिका सञ्जिवनी खरेलले निभाएकी छन् । झट्ट हेर्दा उनी निर्मला जस्तै देखिन्छिन् ।
फिल्ममा आमाको भूमिकामा सरिता गिरी र पिताको भूमिका गणेश गिरीले निभाएका छन् । ट्रेलर सार्वजनिक गरिएता पनि फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन । यसमा ऋद्धिचरण श्रेष्ठ, बिमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरेलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्ममा रामेश्वर कार्कीको छांयाकन र दिपक शर्माको संगीत छ ।
शिवम् अधिकारीले फिल्मको निर्देशन गरेका हुन् । यसअघि ‘पञ्चायत’ फिल्म निर्देशन गरेका उनले फिल्ममार्फत् बलात्कारको घटना रोक्न सकिने एउटा दृष्टिकोण पेश गरिएको बताए । चितवन आसपासमा फिल्मको छायांकन गरिएको हो । गणेश गिरीको प्रस्तुति रहेको फिल्मका निर्माता मणिराज गौतम हुन् । फिल्मलाई अर्को वर्ष प्रदर्शन गर्ने तयारीमा निर्माण टिम रहेको छ ।
ट्रेलर हेर्नुहोस् :-
https://www.youtube.com/watch?v=UZgl3cMU3RA

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*