बिप्लव मकवानपुरले गर्यो पाख्रिन लाई कार्वाही

हेटौंडा टुडे
९ पुष २०७६, बुधबार १७:१२

पुष ९मकवानपुर

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मकवानपुरले सोही पार्टीका मकवानपुर जनसरकार प्रमुख एवम् सचिवालय सदस्य राजकुमार पाख्रिनलाई आफ्नो पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको एक बिज्ञ्यप्ती मार्फत घोषणा गरेको छ । नेकपा (विप्लव) का मकवानपुर जिल्ला सेक्रेटरी पासाङ द्वारा हस्ताक्षरित बिज्ञ्यप्तीमा भनिएको छ “ दुश्मनको घेराबन्दीमा परी केही समय हिरासत रहंदा देश र जनताको आकक्षा राष्ट्रप्रतीको इमान्दारीतामा अडिग रहन नसकी सामन्ती चिन्तन बोकेका दुश्मनहरुको शरणमा आत्मासमर्पण गरेका राजकुमार पाख्रीन आजैको मिती बाट हाम्रो पार्टी हाम्रो संगठन बाट साधारण सदस्य समेत नरहने गरी निश्काशन गरिएको जानकारी गराउदछौ । पार्टी संगठन र राष्ट्र प्रती गद्दारी गरेका राज कुमार पाख्रीन जस्त व्यक्तीले पार्टीलाई कुनै हानी नपुर्याउने र यस्ता आत्मा समर्पणवादी हरुको चुङ्गुलमा पार्टी कैले पनी नफस्ने पासाङले जारी गरेको विज्ञ्यप्तीमा उल्लेख गरेको छ । पासाङले विज्ञ्यप्तीमा भनेका छन जनताको मनमा बस्न सफल यस पार्टीले दुश्मन सित आत्मासमर्पण गर्ने जो कसैलाई पनी पार्टीमा समाबेश नगर्ने र जनताको हित विकाश र जनधारणालाई सम्मान गरी देश र जनताको लागी जुन सुकै मुल्य चुकाउन पछि नहट्ने देशभक्त नेपालीको पार्टी बनाउने समेत उल्लेख गरेका छन ।
नेपाल कम्निष्ट पार्टी ( नेकपा ) मकवानपुरका सचिवालय सदस्य एवम् मकवानपुर जनसरकार प्रमुख राजकुमार पाख्रिन ले केही दिन अघी हेटौडामा पत्रकार सम्मेलन गरी आफुले पार्टी छोडेको घोषणा गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*