कार दुर्घटनामा बरिष्ठ गायक निशान भट्टराईको मृत्यु

हेटौडा टुडे
२९ पुष २०७६, मंगलवार ११:१४

२९ पुस, काठमाडौं / काठमाण्डाैकाे तीनकुनेमा कार दुर्घटना हुँदा वरिष्ठ गायक निशान भट्टराईको सोमबार राति निधन भएको छ ।

कार दुर्घटनामा गजल गायक निशान भट्टराईको ज्यान गएको हाे । बा १० च ३०४ नम्बरको कार साेमबार राति बिजुलीको खम्बामा ठोक्किएर घाइते भएका भट्टराईको उपचारकाे क्रममा मङ्गलबार बिहान राष्ट्रिय ट्रमा सेण्टरमा ज्यान गएको प्रहरीले जनाएको छ ।

दरबारमार्गमा रहेको बानथाई रेस्टुरेण्टबाट फर्कने क्रममा आफैले चलाएको कार सडकको खम्बामा ठोक्किएर दुर्घटना भएको थियो । सुनसरी धरान उपमहानगरपालिका १४ का भट्टराई रेस्टुरेन्टमा गजल गायनमा सक्रिय हुनुहुन्थ्यो । उहाँ गायिका लोचन भट्टराईका भाइ रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*