‘प्रेम गीत ३’ को पहिलो गीत सार्वजनिक (भिडियो)

हेटौंडा टुडे
२२ माघ २०७६, बुधबार १४:२७

काठमाडौं – यस वर्षको प्रतीक्षित फिल्ममध्येको एक फिल्म ‘प्रेम गीत ३’ को पहिलो गीत सार्वजनिक गरिएको छ । मुस्ताङमा खिचिएको यो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

‘हात्ती ढुंगामा’ बोलको गीतमा सागर आले र मेलिना राईको स्वर सुन्न सकिन्छ । यो गीत केही फरक खालको लाग्छ । गीतका शब्द हर्क साउथले लेखेका हुन् भने कल्याण सिंहले संगीत दिएका छन् ।भिडियोमा फिल्मका शीर्ष कलाकार प्रदीप खड्का, क्रिष्टिना गुरुङ, सुनील थापा लगायतको अभिनय देख्न सकिन्छ । संस्कृतिको झल्को दिने उक्त गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् ।

चैत्र २८ गतेदेखि प्रदर्शनमा आउने यो फिल्ममा छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन छ । यस्तै फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।राजेश श्रेष्ठको डिओपीमा तयार भएको यो फिल्मलाई वनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । आसुसेन फिल्मसको ब्यानरमा निर्माण भएको यो फिल्मलाई एक निषेधित प्रेमकथा भनिएको छ ।

फिल्ममा शिव श्रेष्ठ, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर गिरी, प्रेम पुरी, अनुभव रेग्मी, जीवन भट्टराई, लक्ष्मी बर्देवा लगायतका कलाकारको अभिनय रहेको छ ।

(यस्तो छ गीत हेर्नुहोस भिडियो) :

‘प्रेम गीत ३’ को पहिलो गीत सार्वजनिक (भिडियो)

‘हात्ती ढुंगामा’ बोलको गीतमा सागर आले र मेलिना राईको स्वर सुन्न सकिन्छ । यो गीत केही फरक खालको लाग्छ । गीतका शब्द हर्क साउथले लेखेका हुन् भने कल्याण सिंहले संगीत दिएका छन् ।भिडियोमा फिल्मका शीर्ष कलाकार प्रदीप खड्का, क्रिष्टिना गुरुङ, सुनील थापा लगायतको अभिनय देख्न सकिन्छ । संस्कृतिको झल्को दिने उक्त गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् ।

Gepostet von Hetauda Today am Mittwoch, 5. Februar 2020

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*