माघ २५, हेटौडा
मकवानपुर गढी गाउँपालिका वडा नम्बर ४ गोठडाँडाको मनकामना सामुदायिक वन क्षेत्रको घना जंगल सखाप पार्नेगरी सडक निर्माण गरिएको भन्दै डिभीजन वन कार्यालय मकवानपुरले जेसीवी नियन्त्रणमा लिएको छ । सडकको ट्रयाक निर्माण गर्ने नाममा वनक्षेत्रका साल र अरु विभीन्न जातका रुख उखलीएको भन्दै जेसीवी नियन्त्रणमा लिइएको डिभीजन वन कार्यालय मकवानपुरका प्रमुख इमनाथ पौडेलले वताउनुभयो ।
जंगलनै सखाप पार्नेगरी गढी गाउँपालिका वडा नम्बर ४ को वजेटबाट सामरी पुल देखि राइफलडाँडा जोड्ने सडक निर्माण गर्न लागिएको भन्दै जेसीवी नियन्त्रणमा लिनुपरेको पौडेलले वताउनुभयो । सडक निर्माण गर्ने नाममा वनक्षेत्रका साना, ठुला रुखको नोक्सानी गर्न नहुने उहाँले वताउनुभयो ।
वन क्षेत्रमा ना १ क ९७१३ नम्बरको जेसीवीले वन क्षेत्रमा साना, ठुला रुख सखाप हुनेगरी सडक खनेपछी स्थानीयले वन कार्यालयलाई खवर गरेका थिए । त्यसपछी वन कार्यालयको टोलीले जेसीवी नियन्त्रणमा लिएको हो । चालक भने फरार रहेका छन् । जेसीवी, चालक र सवारीका धनीलाई वन मुद्धा लगाउने तयारी भएको छ ।
मकवानपुरका हरेक गाउँमा सडक निर्माण गर्ने नाममा वनक्षेत्रका हरिया रुख कटान गर्ने प्रवृति पछील्लो समयमा वढ्दै गएको छ । यसलाई नियन्त्रण गर्नका लागि अभियान सुरु गरिएको डिभीजन वन अधिकृत पौडेलले वताउनुभयो । जेसीवी वन कार्यालय मकवानपुरको हाता भित्र रहेको छ
श्रोत:- जनपत्र बाट साभार