मेगा बैंक हेटौंडाको सेवाबारे आज अन्तरक्रिया सम्पन्न

हेटौंडा टुडे
२ फाल्गुन २०७६, शुक्रबार २३:०१

फागुन २, हेटौंडा

मेगा बैंक लिमिटेडको हेटौडडाको दुई वटा शाखाले हेटौंडामा बैंकिङ्ग सेवाबारे जानकारी दिने उदेश्यले आज एकअन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बैकीङ्गसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले सहजिकरण गरेकी थिईन् ।

बागमति प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्य रहेको कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोगबहादुर शाह लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नविन सिग्देल, प्याब्सनका केन्द्रीय सदस्य मदनकुमार दाहाल, मेगा बैंक हेटौंडा शाखाका प्रबन्धकहरु माधवी बोस, निराञ्जन देवकोटा लगायतको आतिथ्य रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*