क्षमायाचना गर्दै प्रेस विज्ञप्ती जारी:नेवि संघ

हेटौंडा टुडे संवादाता
२३ फाल्गुन २०७६, शुक्रबार १५:१५

 फाल्गुन२३ हेटौंडा /गत फागुन २० गते मुल्यबृद्धिको विरोधमा राँके जुलुसमा प्रयोग भएको केही शब्दप्रति नेपाल विद्यार्थी संघ मकवानपुरले  क्षमायाचना गरेको छ । विहिबार विज्ञप्ति निकाल्दै नेविसंघले प्रधानमन्त्री सबैको भएको भन्दै जुलुसमा प्रयोग भएको शव्दप्रति क्षमा याचना गरेको हो ।

जिल्ला अध्यक्ष राजु खतिवडाद्वारा जारी विज्ञप्तिमा नेविसंघ र नेपाल तरुण दलको संयुक्त आयोजनामा किताव र पेट्रोलियम पदार्थमा लगाईएको कर विरुद्ध र भ्रष्ट सरकारको भण्डाफोर गर्ने उद्देश्यले जुलुस निकालेको जनाईएको छ । पूर्वनिर्धारित कार्यक्रम भएकाले प्रधानमन्त्री केपि शर्मा ओलीको उपचार र आन्दोलनको समय मिल्नु संयोगमात्रै भएको जनाउँदै नेविसंघले मिडियामा प्रचार गरेजस्तो प्रधानमन्त्रीको उपचारसंग जोड्नु आन्दोलनको मर्म नरहेको र जुलुसमा प्रयोग भएको शव्दहरुप्रति आयोजकको तर्फबाट क्षमा मागेको जनाएको छ ।

नेविसंघले प्रधानमन्त्रीको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । फागुन २० गते साँझ हेटौंडामा निकालेको जुलुसमा प्रधानमन्त्रीको नाम लिएर केही अपशब्द प्रयोग भएपछि चौतर्फी आलोचना भएको थियो । यसबारे नेपाली कांग्रेसका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माले समेत क्षमा मागेका थिए ।

यो पनि पढ्नुहोस,

राँको लिएर उत्रिए रोडमा तरुण र नेपाल विद्यार्थी संघ (भिडियो सहित)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*