चैत्र ५ हेटौंडा /बागमती प्रदेशको राजधानी हेटौडामा सवारी साधनको ट्राफिक ब्यबस्थापन अस्थब्यस्थ बन्दै गएको छ ।हेटौँडा बजारको ट्राफिक ब्यबस्थापनमा सवारी चालक देखि ट्राफिक प्रहरी सम्म जिम्मेवार भएको देखिदैन।
हेटौंडाको बुध्द चोक एकदमै ब्यस्त सडक र धेरै जसो अफिस समयमा र साँझपख बुध्द चोकमा जाम हुने गर्दछ । आएका सवारि जेब्रा क्रसिङ पछाडी भन्दापनि जेब्रा क्रसिङ मा नै रोकिने गर्दछ । पैदल यात्रुलाई बाटो काट्दा सवारी साधनको चेप बाट बाटो काट्नुपरेको अवस्था छ । जेब्रा क्रसिङमा रोकिएका सवारिलाई हटाउन तिर सम्बन्धित सबै निकायको ध्यान पुग्न जरुरि छ ।
यो भिडियो हेर्नुहोस
Gepostet von Hetauda Today am Mittwoch, 18. März 2020
सडक सुरक्षाका लागी मुख्य प्राथमिकता भनेको पैदलयात्रुलाई नै दिनुपर्छ ।बाटो काट्दा सबैभन्दा बढि जोखिममा पैदलयात्रु हुने गर्छन ।तर बाटो काट्न बनाईएका जेब्रा क्रसिङमा नै सवारी रोकिदा पैदलयात्रीलाई बाटो काट्न समस्या भईरहेको छ ।
सवारी साधनहरु जेब्रा क्रसिङमा द्रुत गतिले आईरहेका दृश्यहरु हेटौँडाको चोक चोकमा देखिईरहेका छन् । चालकहरुले सडकमा कोरिएको सवारी लेनहरुको ख्यालनै राख्दैनन् । सवारी चालकको गैर जिम्मेवारीपन र ट्राफिक प्रहरीले ध्यान नपु¥याउदा पैदलयात्रीहरु दुर्घटनाको सिकार भईरहेका छन् ।ट्राफिक सडकमा त बस्छ तर ट्राफिक व्यवस्थापन चुस्त राख्न र यस्ता मनलाग्दी गर्ने,जेब्रा क्रसिङमा रोकिएको सवारीलाई कारवाही गर्न ट्राफिक प्रहरीले सकेको छैन । नचाहिने ठाउँमा चिट काट्न हतारिने ट्राफिकले यहाँका जेब्रा क्रसिङमा नै सवारी रोकिदा ट्राफिकको काम टुलुटुलु हेरेर बसिरहेको अवस्था छ ।
यसै सन्र्दभमा कानुनि प्रावधान अनुसार जेब्रा क्रसिङमा सवारी रोक्दा सवारी तथा यातायात ब्यबस्था ऐन २०४९ को दफा एक सय ६४ अनुसार पाँच सय रुपैँया देखी पन्ध्र सय सम्म जरीवाना हुन सक्ने प्रावधान छ । तर हेटौंडा चोक चोकमा जेब्रा क्रसिङमा रोकिने सवारी साधनलाई ट्राफिक प्रहरीले कुनै कार्वाही गरेको पाईदैन ।यस बिषयमा सम्बन्धित सबै निकायको चाडै ध्यान पुग्नु जरुरि छ ।
यो पनि पढ्नुहोस,
हेटौंडामा अटो-मयुरीको मनपरी, कारवाही गर्दैन ट्राफिक,उपमहानगरपालिकाको काम भन्दा कुरा ठुला