
चैत १५ काठमाडौँ/कोरोना भाइरसको संक्रमण थप एक नेपालीमा देखिएको छ । बेल्जियमबाट नेपाल आउनुभएकी बागलुङकी २२ वर्षिय युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको जनाइएको छ ।
उहाँलाई कोरोनाको संक्रमण देखिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।
अहिले संक्रमण देखिएको बागलुङकी युवती गत चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आउनुभएको थियो ।
त्यही विमानमा आउनुभएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो ।


सेयर गर्नुहोस्