
बैशाख १,काठमाण्डौ/लकडाउनको समयमा अति आवश्यक गाडी सञ्चालनका लागि ई-पासको व्यवस्था गरिने भएको छ ।
गृह मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी खाद्यान्न ढुवानी, बिरामी ओसार-पसार, शव वाहन र अन्य अति आवश्यक परेको खण्डमा अनलाइनमार्फत फाराम भरेर सवारी पास लिन सकिने जानकारी दिएको हो ।
ई–पास लिनका लागि epass.moha.gov.np मा गएर विवरण भर्नुपर्ने हुन्छ । जिल्ला प्रशासन कार्यालयले आवश्यकताको आधारमा मात्रै ई-पास वितरण गरिने छ ।
गृहमन्त्री रामबहादुर थापाले नागरिकको अति आवश्यक कामको सुविधाका लागि सरकारले पास वितरण प्रक्रियालाई नयाँ प्रणालीबाट सुरु गरेको जानकारी दिनुभयो
यो प्रणाली मंगलबारदेखि सुरु हुनेछ । मन्त्री थापाले फाराम भर्ने सबैलाई भन्दा पनि प्राप्त प्रमाणका आधारमा नदिइ नहुने व्यक्तिलाई मात्रै ई-पासको व्यवस्था गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभयो ।स्रोत:उज्यालो अनलाईन डटकम

