थप ३ जना कोरोना संक्रमण,संक्रमित संख्या २ सय ७६ पुग्यो

जेठ ३,कपिलवस्तु/ नेपालमा फेरि कोरानो भाइरस (कोभिड-१९) का ३ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रिपोर्टअनुसार कपिलवस्तुका थप ३ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४, ४४ वर्षका पुरुषहरु रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या २७६ पुगेको छ ।