नेपालमा कोरोना भाइरस बाट दोस्रो व्यक्तिको मृत्यु

टुडे संवाददाता
४ जेष्ठ २०७७, आईतवार २२:२८

जेठ,४ हेटौंडा/नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरानाबाट मृत्यु हुनेहरूकाे संख्या दुई पुगेकाे छ ।

बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए ।

क्वारेन्टाइनमा बस्ने क्रममा स्वास प्रश्वासमा समस्या भएको थियो । उनको आइतबार विहान ६ः४० बजे मृत्यु भएको हो ।

उनलाई अस्पताल लैजान स्थानीय एम्बुलेन्सलाई खबर गरेपनि पीपीई नभएका कारण चालकले नमानेको स्थानीयबासीको दाबी छ ।उपचार अभावकै कारण उनको मृत्यु भएको भन्दै उनीहरुले आक्रोस पोखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*