जेठ २७, चितवन
चितवनमा कोरोना संक्रमित एक वृद्धको आज बिहान मृत्यु भएको छ । सोमबार कोरोना संक्रमण पुष्टि भएका ६८ वर्षीय वृद्धको मृत्यु भएको हो ।
उनी भरतपुर महानगरपालिकाका हुन् । मृतकको शव भरतपुर अस्पताल राखिएको छ । उनी नारायणी सामुदायिक अस्पतालमा उपचाररत थिए । कोेरोेना पुष्टि भएपछि सोमबार सांझ भरतपुर अस्पतालको आइसियुमा सारिएको थियो ।
सेयर गर्नुहोस्