गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना ,संक्रमितहरुको संख्या १८८ पुग्यो

हेटौडा टुडे
३० जेष्ठ २०७७, शुक्रबार ०७:४३

जेठ ३० , हेटौडा

गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्याङजा, पर्वत, तनहुँ र नवलपरासी वर्दाघाट सुस्तामा गरी थप ३७ जनामा कोरोना पुष्टि भएको हो ।

स्याङजामा २२, पर्वतमा १३, तनहुँ र नवलपरासी वर्दाघाट सुस्ता पूर्वमा १-१ जनामा गरी ३७ जनामा कोरोना संक्रमण देखिएको हो । नयाँ संक्रमितमा स्याङजाको गल्याङ नगरपालिकाका १५ देखि ६६ वर्षीय १८ पुरुष, वालिङ नगरपालिकाका ३३ र ३५ वर्षीय दुई पुरुष, अर्जुन चौपारी गाउँपालिकाका १९ वर्षीय पुरुष र ठेगाना नखुलेका ४ वर्षीय बालक छन् । कोरोना संक्रमण पुष्टि भएका सबैलाई जिल्ला अस्पतालका आइसोलेसनमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा विन्दु शर्माले बताए । यो संगे ३७ जना थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या १८८ पुगेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*