
असार १०,चितवन/चितवनमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालले दिएको जानकारी अनुसार कालिका नगरपालिका(३ का ३९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
अस्पतालका अनुसार भरतपुर अस्पतालमा असार ९ गते संकलन गरिएका कुल १२१ स्वाब नमुना मध्ये ५ जनामा कोरोना पुष्टि भएको हो जसमा चितवनका १ सहित नवलपुरका ३ जना र तनहुँका १ जना छन् ।
नवलपुरको गैँडाकोट नगरपालिका(१ का ३३ र ५२ वर्षीय महिला त्यसैगरी गैँडाकोट(१२ की ५६ वर्षीय महिलामा पनि कोरोना पुष्टि भएको हो । त्यसैगरी देवघाट(५ तनहुँका २३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।



सेयर गर्नुहोस्